कोसिस, शिल्पा र गौरवको ‘परस्त्री’ असार मध्यमा रिलिज हुने

कोसिस, शिल्पा र गौरवको ‘परस्त्री’ असार मध्यमा रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुरज पाण्डेको डेब्यु निर्देशनमा निर्मित सिनेमा ‘परस्त्री’को नयाँ रिलिज डेट तय गरिएको छ ।

कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा अभिनित सिनेमा २०८० को असार १५ मा रिलिज हुनेछ । यसअघि कार्तिक ६ र फागुन १९ को डेटबाट पछाडी हटेको सिनेमाले राष्ट्रिय धान दिवसलाई प्रदर्शन मिति तय गरेको हो ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमामा काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो । निरज पाण्डेले सिनेमाको छायांकन गरेका हुन् ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा दीपेन्द्र के खनाल र शर्मिला पाण्डेले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् ।

प्राविधिक कार्य सम्पन्न नभएकाले सिनेमाको रिलिज २०८० सालको लागि तय गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।