उच्च अदालत पोखराबाट सफाई पाएसँगै रिहा हुँदै पल शाह

उच्च अदालत पोखराबाट सफाई पाएसँगै रिहा हुँदै पल शाह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – उच्च अदालत पोखराले अभिनेता पल शाहलाई सफाइ दिएको छ । पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोगमा दावी नपुग्ने ठहर गर्दै जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि सफाई दिएको हो । यो फैसलासँगै अभिनेता शाह जेलमुक्त हुने भएका छन् ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो ।

बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुव्र्यवहारमा दोषी ठहर गरेको थियो । तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो । एउटै व्यक्तिले शाहविरुद्ध दुईवटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् ।

एक वर्षयता कारागारमा रहेका अभिनेता शाहविरुद्ध प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् ।