anmol jasita

शिल्पा पोखरेल र छवि ओझाबीच सम्बन्ध विच्छेद

शिल्पा पोखरेल र छवि ओझाबीच सम्बन्ध विच्छेद

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री शिल्पा पोखरेल र निर्माता छविराज ओझाबीच सम्बन्ध विच्छेद भएको छ ।

आइतबार तीन वर्ष पुरानो मुद्धामा सुनुवाई गर्दै काठमाडौं जिल्ला अदालतले अंशबण्डासहित सम्बन्ध विच्छेद गर्ने फैसला सुनाएको हो । न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले अंशबण्डा नभएसम्म ओझालाई मानापाथी भर्नसमेत आदेश दिएको छ ।

आफ्नो पक्षमा फैसला सुनुवाई भएपछी अभिनेत्री पोखरेलले सामाजिक संजालमा स्टाटस पोस्ट गर्दै सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेको उल्लेख गरेकी छन् ।

‘हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझाविरुद्धको मेरो मुद्धामा मलाई जिताउने सम्पुर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेको छु। यस कठिन समयमा मलाई बलियो साथ दिने सबै परिवारजन, आमा-बुवा, दाई, भाउजू, साथिहरु, संघसंस्था तथा बिशेष सहयोगको लागी वरिष्ठ अधिवक्ता रमेश गुरागाईंज्यू र अधिवक्ता मनोज यादवज्यूलाई कृतज्ञता तथा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।’ उनले लेखेकी छन् ।

यस्तै छविकी जेठी पत्नी हेमा ओझाले दायर गरेको बहुविवाह मुद्धा र साकार सुनारलाई प्रतिवादी बनाउदै उमा सुनारले दायर गरेको धर्मपुत्रबारेको मुद्धालाई अदालतले खारेज गरिदिएको छ ।