अनमोल स्टारर ‘छड्के २’को एडभान्स बुकिङ खुल्यो

अनमोल स्टारर ‘छड्के २’को एडभान्स बुकिङ खुल्यो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘छड्के २’को एडभान्स बुकिङ खुल्ला गरिएको छ ।

अनमोल केसी स्टारर सिनेमाको लागि देशभरका मल्टिप्लेक्सले प्रदर्शनको चार दिन अगाडी नै बुकिङ खुलाएका हुन् । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको सिनेमा फागुन १९ देखि अलनेपाल प्रदर्शनमा आउदैछ

सिनेमालाई क्युएफएक्स चेनले ३७ शो उपलब्ध गराएको छ । वान सिनेमाज र रन्जना सिनेप्लेक्समा समान ८/८ शो पाएको सिनेमालाई सिनेप्लेक्स ६ र किर्तिपुर सिनेप्लेक्सले २ शो दिएका छन् ।

यस्तै बिग मुभिज, एफक्युब, क्युज र सिडिसीमा समान ५/५ शो पाएको सिनेमाले बिएसआर मुभिज र आइएनआइ चेनमा ४/४ शो पाएको छ ।

अनमोलको स्टारडमको कारण निर्माण समयदेखि नै चर्चामा रहेको सिनेमाको ट्रेलर, टिजर र गीत रिलिजपछि हाइप अझ चुलिएको छ ।

ट्रेलरले २०, टिजरले १९ र सोमबार रिलिज गीतले ३ लाख भ्युज पाइसकेका छन् । सिनेमाको प्रचार सामाग्रीमा आएको भ्युज र सकारात्मक प्रतिक्रियाले व्यापारमा सहयोग पुग्नेमा निर्माण पक्ष विश्वस्त छ ।

मिडिया, सिनेकर्मी र दर्शकपनि सिनेमालाई लिएर आशावादी छन् ।

सिनेमामा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको सिनेमामा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधाको व्यानरमा निर्मित सिनेमाको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।