शुक्रबारबाट प्रदर्शनमा आए ‘छड्के २’ र ‘छक्का पञ्जा ४’

शुक्रबारबाट प्रदर्शनमा आए ‘छड्के २’ र ‘छक्का पञ्जा ४’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट बहुप्रतिक्षित सिनेमा ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आएका छन् । ‘छड्के २’मा हिट मेशिन मानिने अनमोल केसीको मुख्य भूमिका छन् भने ‘छक्का पञ्जा ४’ आफैमा सफल सिनेमाको ब्रान्ड हो ।

ग्याङस्टर जनरामा निर्माण भएको ‘छड्के २’लाई निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । सिनेमामा अनमोलका साथै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरञ्जीवी अधिकारी, कुमार घलानको पनि अभियन छ ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधाको व्यानरमा निर्मित सिनेमाको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

हेमराज विसीले निर्देशनमा निर्माण भएको सिनेमा ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, नीर शाह, निर्मल शर्मा, बेनिशा हमाल, मलिना जोशी, बुद्धि तामाङ, राज आचार्य, सुष्मा निरौला, वेदना राई, मलिना जोशी, सविन बाँस्तोला, रमेश बुढाथोकीलगायतको अभिनय छ ।

नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमामा दीपकराज स्वयंको कथा, पटकथा तथा संवाद छ ।