anmol jasita

३१ दिनमा गौरव र नम्रताको ‘नम्बरी सुन’को इन्डक्ल्याप

३१ दिनमा गौरव र नम्रताको ‘नम्बरी सुन’को इन्डक्ल्याप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाको मुख्य भूमिका रहेको सिनेमा ‘नम्बरी सुन’को इन्डक्ल्याप भएको छ । क्यामेरा ‘अन’ भएको ३१ दिनमा बिहीबार अन्तिम दृश्य खिच्दै सिनेमाको सम्पूर्ण छायांकन सकिएको निर्देशक राजु गिरीले जानकारी दिए । लमजुङमा अवस्थित भुजुङ्ग गाउँमा अधिकांश छायांकन भएको सिनेमाको केही प्रतिशत छायांकन काठमाडौँमा पनि गरिएको छ ।

७० वर्षअघिको कथामा निर्माण भएको सिनेमाको प्रस्तुतकर्ता नारायण खाती हुन् । खातीकै कथा तथा प्रस्तुति रहेको सिनेमामा गौरव र नम्रताका अलवा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मन महर्जनलगायतको पनि अभिनय छ । निर्देशक गिरीले स्क्रिप्टलाई दृश्यमा हुबहु उतार्न सक्दो प्रयास गरेको बताए ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशनको, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमामा गौतम राज खड्काको सम्पादन रहनेछ ।