शुक्रबारदेखि संचालनमा आयो सीतापाइलाको सीके सिनेमाज

शुक्रबारदेखि संचालनमा आयो सीतापाइलाको सीके सिनेमाज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट सीतापाइलास्थित अनुपम मलमा सीके सिनेमाज सञ्चालनमा आएको छ । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र बिवेक तिमिल्सेनाको लगानी रहेको छ ।

सीके सिनेमाजको  उद्धघाटन कार्यक्रममा चलचित्र बिकास बोर्ड अध्यक्ष भुवन केसी, काठमाडौं क्षेत्र नम्बर ८ का संघिय सांसद विराजभक्त श्रेष्ठ, नागार्जुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी उपस्थित थिए । प्रमुख अतिथिको रुपमा बोर्ड अध्यक्ष केसीले रिवन काटेर हलको शुभारम्भ गरेका थिए ।

हल शुभारम्भ कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष केसीले सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर भएको बताए । ‘सिनेमा हल कलाकारका लागि नभई सिनेमा प्रेमीको लागि खुशीको कुरा भएकाले सहरमा मात्रै होइन् गाउँगाउँमा सिनेमा हल खोल्नु पर्छ ।’ प्रमुख अतिथि केसीले सीके सिनेमाज सञ्चालमा आउँदा सबै उत्साहित भएको उल्लेख गरे ।

यस्तै काठमाडौं क्षेत्र नम्बर ८ का सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा हल सञ्चालन गरेकोमा सम्पुर्ण जनताको तर्फबाट सञ्चालकलाई धन्यवादसहित बधाई दिए । आजको समाज सभ्य हुनुपर्ने र सभ्य समाजले आफ्नो सम्पत्तिको सुरक्षा गुर्नु पर्छ । त्यसले सिनेमा हल सबैको साझा सम्पत्ति भएकाले शान्ति सुरक्षा कायम राख्दै हलको सरक्षा गर्नु पर्ने बताए ।

अत्याधुनिक सुबिधासहित सञ्चालनमा आएको सिनेमा हलमा ३ सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको हलमा सिनेमा ७.१ र डल्बी एटमोस साउण्ड सिस्टम जडान गरिएको सञ्चालकक नरेन्द्र महर्जजले बताए । बिहिबार हल सञ्चालनको उपलक्ष्यमा बलिउड सिनेमा ‘पठान’ र नेपाली सिनेमा ‘फुलबारी’ देखाइएको थियो । दुई पर्दा रहेको सीके सिनेमाजमा शुक्रबारबाट नेपाली सिनेमा छड्के २ र छक्का पञ्जा ४ रिलिज भएका छन् ।