बैशाखमा नेपाल ग्रामीण सिनेमा महोत्सवको दोश्रो संस्करण

बैशाखमा नेपाल ग्रामीण सिनेमा महोत्सवको दोश्रो संस्करण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाखमा नेपाल ग्रामीण सिनेमा महोत्सवको दोश्रो संस्करण हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजक रहेको महोत्सवको उद्धेश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली सिनेमालाई ग्रामीण बजारमा र्पुयाउने रहेको जानकारी महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले दिए ।

महोत्सवमा नेपाली मौलिक ग्रामिण कथा वस्तुमा बनेका सिनेमा सहभागी गरिनेछ । महोत्सवको लागी सिनेमा दर्ता आव्हान पनि गरिएको आयोजक संस्थाले जनाएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा सिनेमा, डकुमेन्ट्री, फिचर सिनेमा र भाषाभाषीका सिनेमाले सहभागीता जनाउन सक्नेछन् ।

अत्याधुनिक प्रविधिमा जुरी टिमले छनोट गरेका सिनेमाहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट सिनेमालाई अवार्ड प्रदान गरिने आयोजकले उल्लेख गरेको छ । दर्शकलाई नेपाली मौलिक सिनेमाप्रति आकर्षित गराउनु र नियमित सिनेमा हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका सिनेमालाई विश्वमाझ र्पुयाउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो ।

गत बर्ष गोरखा जिल्लाको लाप्राकमा सम्पन्न महोत्सवमा राम्रो संख्यामा दर्शकको उपस्थिति रहेको थियो । यो वर्ष महोत्सव हुने स्थान भने फाइनल भई नसकेको आयोजकले बताएको छ । महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य आयोजना हुनेछ ।