नौलो स्क्रिप्ट भएकाले ‘प्रेमा’मा लगानी गरें – निर्देशक विवेक घिमिरे

नौलो स्क्रिप्ट भएकाले ‘प्रेमा’मा लगानी गरें – निर्देशक विवेक घिमिरे

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘चिनी कम रंग कडा’का निर्देशक विवेक घिमिरे चैत १७ गते सिनेमा ‘प्रेमा’ लिएर दर्शकमाँझ आउदै छन । उनले सिनेमामा लगानी गरेका छन् । भने गोविन्द सिंह भण्डारीले निर्देशकको भूमिका निर्वाह गरेका छन् ।

‘चिनी कम रंग कडा’मा गोविन्दले विवेकलाई निर्देशनमा सघाएका थिए । गोविन्दको काम गर्ने शैलीबाट विवेक प्रभावित भएका छन् । गोविन्दको लेखन र निर्देशन क्षमता हेरेर नै ‘प्रेमा’मा लगानी गरेको विवेक बताउछन ।

‘पहिलेपनि सहकार्य गरेका थियौं । त्यसैले उहाँको कामबाट प्रभावित भएको थिएँ । मलाई निर्माणमापनि चासो थियो । गोविन्दले लेखेको प्रेमाको स्क्रिप्टले आकर्षित गर्यो ।’ स्क्रिप्टको नौलोपनले सिनेमामा लगानी गर्न तयार भएको विवेक बताउछन ।

त्रिकोणात्मक प्रेमकथामा अरुण क्षेत्री, शुभेक्षा खड्का र सृष्टि श्रेष्ठ प्रमुख भूमिकामा छन् । सिनेमाको टिजर र गीतपनि सार्वजनिक भइसकेका छन् । जसमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

अमेरिकाको बोस्टन मेसाच्युसेटमा बस्ने विवेक बाल्यकालदेखि नै सिनेमा हेरेर रमाउँथे । ८० र ९० को दशकमा सिनेमा हेरेर रमाउने विवेक अहिले नेपाली फिचर सिनेमाको निर्देशक भइसकेका छन् । बच्चैदेखि सिनेमामा रुचि राख्ने विवेकले सिनेमा निर्माण विषयमा डिग्री पुरा गरेका छन् ।

हेरिरहँदा विवेकलाई सबै जनराका सिनेमाले आकर्षित गर्छन । जसमध्ये एक्सन, प्रेमकथा, कलात्मक र सांगीतिक सिनेमा उनका विशेष हुन् । विदेशमा भन्दा नेपालमा धेरै कथा भेटिने विवेक बताउछन । नेपाली राम्रो स्क्रिप्ट हात लाग्नासाथ् उनि लगानीको लागि उत्साहित भइहाल्छन ।

विवेक ‘प्रेमा’लाई अमेरिकासहित विश्वबजारमा प्रदर्शन गर्ने योजना बुनिरहेका छन् । र त्यसैको तयारीमा छन् ।

‘प्रेमा’ अहिलेसम्मका नेपाली प्रेमकथानक सिनेमा भन्दा भिन्न रहेको बताउछन । उनका अनुसार सिनेमाको स्क्रिप्ट, कन्सेप्ट, छायांकन र निर्देशक भण्डारीको निर्देशन बलियो पक्ष हुन् ।

पछिल्लो समय गैरआवासीय नेपालीहरुलेपनि चासो देखाइरहेको सन्दर्भमा गुणस्तरमा ध्यान दिन सके विश्वबजारमा नेपाली सिनेमाले ठाउँ पाउने उनि बताउछन ।

सिनेमाको टिजर:-