एकसाथ सिनेमा खेल्दै रेखा, पुजा र आँचल, निर्देशकमा ज्ञानेन्द्र देउजा

एकसाथ सिनेमा खेल्दै रेखा, पुजा र आँचल, निर्देशकमा ज्ञानेन्द्र देउजा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यसबर्षको सुपरहिट सिनेमा झिँगेदाउ फेम्ड निर्देशन ज्ञानेन्द्र देउजा नयाँ सिनेमा निर्देशनमा जुटेका छन् । बैशाखबाट फ्लोरमा जाने सिनेमाको स्कृप्ट अहिले सुलक्षण भारतीले लेखिरहेका छन् ।

निर्देशक देउजा अहिले सिनेमाकको प्रि-प्रोडक्सनमा व्यस्त छन् । अभिनेत्री रेखा थापाको लगानीमा बन्ने सिनेमामा अभिनेत्री पुजा शर्मा र आँचल शर्मा अनुबन्धित भैसकेका छन् । अझै केही अभिनेत्री छनोटको क्रममा रहेको निर्देशक देउजाले बताए । सिनेमामा अभिनेत्री तथा निर्मात्री रेखा थापाको पनि अभिनय रहनेछ । तीन अभिनेत्रीले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।

ज्ञानेन्द्रले यसअघि रेखालाई ‘देवर बाबु’, ‘हिफाजत’ सिनेमामा निर्देशन गरिसकेका छन् भने आँचलसँग ‘झिँगेदाउ’मा सहकार्य गरेका थिए । पूजासँग निर्देशक देउजाले पहिलो पटक काम गर्न लागेका हुन् । महिलाप्रधान विषयवस्तु माथी निर्माण हुने सिनेमा पूर्णरुपमा कमर्शियल हुनेछ ।

रेखा, पूजा र आँचललाई एकसाथ पर्दामा हेर्न दर्शकलाई पनि रोचक हुनेछ । ठूलो स्टारकास्ट लिएर सिनेमा निर्माण चुनौतीपूर्ण भएपनि आफू तयार रहेको देउजा बताउँछन् । रेखा फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमा अर्को बर्षको भदौ महिनामा रिलि जगर्र्ने लक्ष्य निर्माण टिमको छ ।