‘पशुपति प्रसाद २: भष्मे डन’को डिजिटल राइट्स अहिलेसम्मकै महँगो रकममा बिक्रि

‘पशुपति प्रसाद २: भष्मे डन’को डिजिटल राइट्स अहिलेसम्मकै महँगो रकममा बिक्रि

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायांकनमा नजादै सिनेमा ‘पशुपति प्रसाद २ – भष्मे डन’ले कीर्तिमान कायम गर्न सफल भएको छ ।

अहिलेसम्मकै महँगो रकममा डिजिटल राइट्स बिक्रि गर्दै यसको निर्माण पक्षले छायांकन अगावै एउटा कीर्तिमान कायम रचेको हो । ९५ लाखमा यसको डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको हो । जुन नेपाली सिनेमाको सन्दर्भमा अहिलेसम्मकै सर्वाधिक रकम हो ।

मंगलबार निर्माण पक्ष र ओएसआर डिजिटलका प्रबन्ध निर्देशक ओमप्रकाश अग्रवालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चाडैंनै छायांकनमा जाने सिनेमालाई आगामी दशैँमा रिलिज गरिनेछ ।

दीपेन्द्र के खनालको निर्देशनमा बन्ने सिनेमामा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायतका कलाकारको अभिनय रहनेछ ।

निर्माण पक्षले यो सिक्वेल तर्क संगत र अर्थपूर्ण बनाउन निक्कै मिहेनत गर्ने बताएको छ । सिनेमामा अभिनेता खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहनेछ ।

कृष्ण भारद्वाज र सुवास भुषालको संगीत रहने सिनेमामा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दिर्घ खड्काको सम्पादन रहनेछ ।

निर्माण कम्पनि टुकी आर्टस प्रालिले यसअघि ‘पशुपति प्रसाद’सहित ‘धनपति’ र ‘पानीफोटो’ जस्ता मौलिक सिनेमा निर्माण गरिसकेको छ ।