‘जुलेबी’को फर्टलुक पोस्टर सार्वजनिक

‘जुलेबी’को फर्टलुक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गणेशदेव पाण्डेको निर्देशनमा निर्माण भएका सिनेमा ‘जुलेबी’को फर्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधबार ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको पोस्टर कलात्मक छ । सिनेमाले महिलाको संवेदना, कोमलता, इच्छा र करुणालाई मुख्य विषयवस्तु बनाएको पोस्टरले बुझाउँछ ।

सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भूमिका रहेको सिनेमामा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायतको पनि अभिनय छ । चारजना नारी पात्रको कथालाई उठान गरेको सिनेमाको निर्माता आभा नेपाल हुन् । ए फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा विवेक खड्काको छायांकन र अन्जय खड्काको सम्पादन रहेको छ ।

जाटवेद बनर्जीको गीतमा संगीत रहेको सिनेमाको कार्यकारी निर्माता नविन भट्ट हुन् । एन्थ्रोलजी विधामा निर्माण भएको सिनेमामा नारी पात्रको सशक्त र अब्बल अभिनय रहेको निर्देशक पाण्डेको दाबी छ । उनले पछिल्लो पटक सिनेमा ‘गाँजाबाजा’को निर्देशन गरेका थिए । सिनेमाको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।