अभिनेत्री सुरक्षा पन्तले गरिन प्रेमी मानवसँग टीकाटालो

अभिनेत्री सुरक्षा पन्तले गरिन प्रेमी मानवसँग टीकाटालो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री सुरक्षा पन्तले बुधबार प्रेमी अभिनेता मानव सुवेदीसँग टीकाटालो गरेकी छन् । अभिनेत्री पन्तले सामाजिक सञ्जाल फेसबुकमा टीकाटालो गरेको फोटो राख्दै नयाँ अध्यायको सुरु भएकाले आशिर्वाद दिन आग्रह गरेकी छन् ।

उनले फेसबुक क्याप्सनमा आफुहरु निकै खुशी भएको पनि उल्लेख गरेकी छन् । बिहीबार चितवनको सौराहामा विवाह समारोह हुनुअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् ।

विवाह समारोहमा भाग लिन आफन्त र परिवारजन चितवन जाँदैछन् । ६ वर्षदेखिको प्रेमलाई सुरक्षा र मानवले विवाहमा परिणत गर्न लागेका हुन् । सुरक्षाले सिनेमा ‘अझै पनि’र मानवले सिनेमा ‘अन्तराल’बाट अभिनयमा डेब्यू गरेका हुन । सुरक्षा अभिनित सिनेमा जिज्ञासा, विचार अनि यथार्थको कथा ‘बहाव’ चैत्रको २४ गते रिलिज हुँदैछ ।