‘नारी दिवस’मा चार महिला चलचित्र पत्रकारलाई सम्मान

‘नारी दिवस’मा चार महिला चलचित्र पत्रकारलाई सम्मान

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चार जना अग्रज तथा सक्रिय महिला चलचित्र पत्रकारलाई सम्मान गरेको छ ।

समिर बलामी नेतृत्वको नयाँ निर्वाचित कार्यसमितिले केही दिनमै चलचित्र पत्रकार संघ नेपालको स्थापनाको लामो समयपछि पहिलो पटक ‘नारी दिवस’को अवसरमा ‘महिला चलचित्र पत्रकारिता सम्मात तथा अन्तरक्रिया’ कार्यक्रम आयोजना गरेको हो । चलचित्र पत्रकार संघ नेपालका पूर्व अध्यक्ष शान्तिप्रियले पहिलो पटक नयाँ सुरुवात भएको भन्दै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन् ।

चलचित्र पत्रकार संघले महिला चलचित्र पत्रकारिता सम्मान २०७९ बाट जयन सुब्बा मानन्धर र महिला सक्रिय चलचित्र पत्रकारिता सम्मान २०७९ बाट द सिनेमा टाइम्समा कार्यरत शिल्पा अधिकारी, टिभि टुडेमा कार्यरत बिना श्रेष्ठ र प्राइम टाइम टिभिमा कार्यरत सवि कार्की खड्कालाई सम्मान पत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

उपाध्यक्ष सुरक्षा भट्टराईको संयोजकत्वमा महिला चलचित्र पत्रकार सम्मान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख अतिथि बसुन्धारा भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पुर्व अध्यक्ष बिदुर गिरि, पुर्व अध्यक्ष शान्तिप्रिय, पत्रकार बिजय रत्न तुलाधर, डब्बु क्षेत्री, जीवन पराजुली, दिपज्योति थापा, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामी, महासचिव रघुनाथ सापकोटा लगायतले शुभकामना दिएका थिए ।