नेपालमा सांगीतिक प्रस्तुति दिँदै भारतीय गायक जैन, प्रवेश शुल्क दुई हजार

नेपालमा सांगीतिक प्रस्तुति दिँदै भारतीय गायक जैन, प्रवेश शुल्क दुई हजार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपालमा भारतीय गायक तथा कवि ओशो जैनले सांगीतिक प्रस्तुति दिने भएका छन् । युवापुस्ता माझ लोकप्रिय गायक तथा कवि जैनले आफ्नो सांगीतिक समूहसहित प्रिभे नेपाल, सोल्टी काठमाडौंमा प्रस्तुति दिन लागेका हुन् ।

भोली शुक्रबार अर्थात् फागुण २६ गत मार्च १०मा उनले आफ्नो सांगीतिक प्रस्तुति दिँदैछन् । ओशो जैनका ‘तु ऐसा कैसे है’, ‘खूश तो है ना’, ‘हमारा हो गया’ लगायत गीत चर्चित छन् । पहिलो पटक नेपालमा सांगीतक कार्यक्रम गर्न आफु निकै उत्साहित रहेको गायक जैनले बताएका छन् ।

नेपाली गायिका सुरक्षा मल्लले पनि कार्यक्रममा आफ्ना गीत गाउने छिन् । आयोजक संस्थाले जैनको प्रस्तुति हेर्नका लागि प्रवेश शुल्क दुई हजार रुपैयाँ तोक्नुका साथै दर्शकलाई टिकट किन्न आव्हान समेत गरेको छ ।