विवाह बन्धनमा बाँधिए सुरक्षा र मानव

विवाह बन्धनमा बाँधिए सुरक्षा र मानव

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार चितवनस्थित एक रिसोर्टमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले दुई पक्षको परिवारका सदस्यहरुको उपस्थितिमा विवाह गरेका हुन् ।

हिजो बुधबार उनीहरुले इन्गेजमेन्ट गरेका थिए । सुरक्षाले सामाजिक सञ्जालमा एक तस्विर राख्दै आफू विवाह बन्धनमा बाँधिएको दिएकी छन् । तस्विरमा उनी निकै खुसी देखिएकी छन् । करिब ६ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका सुरक्षा र मावनले केही म्यूजिक भिडियोमा सहकार्य गरिसकेका छन् । सुरक्षाका श्रीमान् मानव गायक तथा निर्देशक पनि हुन् ।

सिनेमा ‘अन्तराल’बाट अभिनयमा डेव्यु गरेका उनले ‘नेपथ्य’, ‘चिनी कम रंग कडा’ सिनेमामा अभिनय गरेका छन् भने ‘पैसा फल्ने बोट’, ‘आँखामा तिम्रो र कालो केशमा रेलिमै आदि गीतमा स्वर तथा भिडियो निर्देशन पनि गरेका छन् । अभिनेत्री सुरक्षा पन्त भने यतिबेला ‘द पोयट आइडल’को निर्णायकमा छिन् ।

इन्जिनियरिङको अध्ययन गरेकी सिनेमा ‘अझै पनि’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सुरक्षाले सुस्केरा, ‘भैरे’, ‘गोपी’, ‘चंगा चेट’, ‘आमा’, ‘धनपति’, ‘के घर के डेरा’ लगायतका सिनेमाहरुमा अभिनय गरिसकेकी छन् । उनले दुई सिनेमा ‘बहाव’ आगामी चैत २४ गते र ‘बुलाकी’ बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छन् ।