घाम डुबेपछि फेरि नयाँ बिहानी हुन्छ – अनमोल केसी

घाम डुबेपछि फेरि नयाँ बिहानी हुन्छ – अनमोल केसी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – स्टार अभिनेता अनमोल केसीले दर्शकसँग माफी मागेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘छड्के २’ बाट दर्शक निराश भएपछि उनले समाजिक सञ्जाल फेसबुकमा एक नोट लेख्दै माफी मागेका हुन् ।

उनी लेख्छन्, ‘मलाई थाहा छ, ‘छड्के २’मार्फत् मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ, उहाँहरूलाई नै निराश बनाउँदा म झनै दुःखी भएको छु । ‘छड्के २’ मेरो नवौं सिनेमा थियो, यहाँसम्म आइपुग्दा म झनै परिपक्व हुनुपथ्र्यो, म चुक्न पुगेँ । विश्वस्त हुनुहोस्, यो समय पनि वितेर जान्छ, घाम डुबेपछि फेरि भोलि नयाँ विहानी हुन्छ ।’

भोलिको सुनौलो विहानी दर्शकसँग साट्ने बताउँदै अनमोलले दर्शकको दुखेका घाउहरुमा मल्हम लगाउने विश्वास दिलाएका छन् । केसी नोटमा अगाडि लेख्छन्, ‘अब नवौंपछिको दशौं सिनेमा दशपछिको शून्य हटेपछि बन्ने ‘एक’ अर्थात् आज म शून्यमा छु र मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ । अर्थात्, मेरो करिअरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमाबाट हुनेछ ।’

शुभचिन्तक र दर्शकको साथ-सहयोग रहेसम्म आफ्नो कोशिश निरन्तर रहने अनमोलले बाचा गरेका छन् ।