ओस्कारमा ‘एभ्रिथिङ एभ्रिह्वेयर’लाई सर्वश्रेष्ठ सिनेमासहित सात विधामा अवार्ड

ओस्कारमा ‘एभ्रिथिङ एभ्रिह्वेयर’लाई सर्वश्रेष्ठ सिनेमासहित सात विधामा अवार्ड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ओस्कार अवार्डकको ९५औं संस्करणमा ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ । ओस्कार अवार्ड समारोहमा मौलिक पटकथा र निर्देशकसहित सात विधामा यो सिनेमाले पुरस्कार जित्यो ।

भारतीय सिनेमा पनिले दुई विधामा ओस्कार अवार्ड जितेका छन् । एसएस राजामौली निर्देशित ‘आरआरआर’को गीत ‘नाटू नाटू’ सर्वश्रेष्ठ मौलिक गीतको विधातर्फ अवार्ड जित्यो भने निर्माता कार्तिकी गोन्साल्विसद्वारा निर्देशित तामिल वृत्तचित्र ‘द एलिफेन्ट विह्स्पर्स’ले सर्वश्रेष्ठ डकुमेन्ट्री सर्ट विधातर्फ अवार्ड उचाल्यो । बलिउड अभिनेत्री दीपिका पादुकोण ओस्कार अवार्डमा प्रेजेन्टरको रुपमा प्रस्तुत भएकी थिइन् ।

‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’बाट अभिनेत्री मिसेल योह ओस्कारमा सर्वश्रेष्ठ अभिनेत्री घोषित भइन् । साथै, यो विधा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री । यो सम्मान उनलाई मार्सल आर्ट र ‘क्राउचिङ टाइगर हिडन ड्रयागन’ र ‘एस म्याडम’जस्ता एक्सन सिनेमाको लामो करिअरपछि मिलेको हलिउड मिडियाले उल्लेख गरेका छन् ।

‘महिला साथीहरु तपाईंहरुले कहिल्यै नभन्नुस् कि मेरो महत्वपूर्ण समय पूरा भयो । आज राति हेरिरहेका म जस्तै देखिने सबै साना केटा र केटीहरूका लागि यो आशा र सम्भावनाको किरण हो’ अवार्ड ग्रहण गर्दै अभिनेत्री, मिसेल योहले भनिन् ।

अवार्ड सूची :

सर्वश्रेष्ठ सिनेमा – एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स
सर्वश्रेष्ठ अभिनेत्री – मिसेल योह (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
सर्वश्रेष्ठ अभिनेता – ब्रेन्डन फ्रेजर (द व्हेल)
सर्वश्रेष्ठ निर्देशक – ड्यानियल क्वान, ड्यानियल शिनर्ट (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
सर्वश्रेष्ठ सम्पादन – पल रोजर्स ((एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
सर्वश्रेष्ठ मौलिक गीत – नाटू नाटू (आरआरआर)
सर्वश्रेष्ठ ध्वनी – टपगन माभेरिक
सर्वश्रेष्ठ एडप्टेड स्क्रिन प्ले – वुमन टकिङ (सारा पोली)
सर्वश्रेष्ठ मौलिक पटकथा – ड्यानियल क्वान र ड्यानियल स्किनर्ट (एभ्रिथिङ एभ्रिह्वेयरअल एट वन्स)
सर्वश्रेष्ठ भिजुअल इफेक्ट – अवतार द वे अफ वाटर
सर्वश्रेष्ठ ओरजिनल स्कोर – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
सर्वश्रेष्ठ प्रोडक्सन डिजाइन – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट
सर्वश्रेष्ठ डकुमेन्ट्री छोटो सिनेमा – द एलिफेन्ट विह्स्पर्स
सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर सिनेमा – अल क्वाइट अन द वेस्टर्न फ्रन्ट (जर्मनी)
सर्वश्रेष्ठ कस्ट्युम डिजाइन – ब्ल्याक प्यान्थर वाकाण्डा फरेभर
सर्वश्रेष्ठ मेकअप एण्ड हेयरस्टाइलिङ – द ह्वेल
सर्वश्रेष्ठ डकुमेन्ट्री फिचर सिनेमा – नाभाल्नी
सर्वश्रेष्ठ सहायक अभिनेत्री – के ह्यु क्वान (एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स)
सर्वश्रेष्ठ एनिमेटेड फिचर सिनेमा – गुइलेमो डेल टोराको पिनोचियो