‘ज्याकी : आई एम ट्वान्टी वान’बाट जसिताको रुवी लुक्स सार्वजनिक

‘ज्याकी : आई एम ट्वान्टी वान’बाट जसिताको रुवी लुक्स सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘ज्याकी : आई एम ट्वान्टी वान’की मुख्य अभिनेत्री जसिता गुरुङको फर्स्टलुक सार्वजनिक गरिएको छ । सिनेमाको यसअघि सार्वजनिक ३ वटा प्रचार सामाग्रीमा अभिनेता धिरज मगरको मात्र गेटअप सार्वजनिक गरिएको थियो ।

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाकी मुख्य अभिनेत्री जसिता गुरुङको फरक अवतारसहितको फर्स्टलुक पोस्टर रिलिज गरिएको हो । रेनशा राई रानाको निर्देशनमा निर्माण भएको सिनेमाको सार्वजनिक पोस्टरमा जसिता गुरुङलाई पनि डान्सरको अवतारमा प्रस्तुत गरिएको छ ।

सिनेमामा जसितालाई ‘रुबी’ पात्रको भूमिकामा देख्न सकिनेछ । प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानीमा निर्माण भएको सिनेमालाई निर्माण पक्षले डान्स ड्रामा भनेको छ । सिनेमाका मुख्य कलाकार धिरज मगरलाई मात्र केन्द्रमा राखेर तयार पारिएको टिजरमा समावेश संवाद टिकटकमा भाइरल भैसकेको छ ।

अब, जसिताको पनि गेटअप सार्वजनिक भएपछि दर्शकमा उत्सुकता पैदा हुने निश्चित छ । सिनेमामा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यसअघि ‘इन्टु मिन्टु लण्डनमा’ जस्तो सफल लभ स्टोरी सिनेमा निर्माण गरेकी रेनशाले यसपटक धिरज र जसितालाई लिएर डान्सको बिषयमा कथा भनेकी छिन् ।

सिनेमामा रेनशा राई रानाको कथा तथा पटकथा, रोहित शाक्य, स्वप्न सुमन र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।