जेठ १९ गते फूलमान बल निर्देशित ‘नीरफूल’ रिलिज घोषणा

जेठ १९ गते फूलमान बल निर्देशित ‘नीरफूल’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – संचारकर्मी फूलमान बलको निर्देशनमा निर्माण भएको सिनेमा ‘नीरफूल’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सिनेमाको पोस्टर सार्वजनिक गर्दै आगामी बर्षको जेठ १९ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ ।

कोरोना महामारी अगाडी र पछाडी गरी पटक पटक प्रदर्शन मिति सरेको सिनेमा अब घोषित मितिमै रिलिज हुने निर्देशक बलले बताए । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा भन्ने सिनेमालाई राजधानीसँगै गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्यालीमा खिचिएको हो । सिनेमाको सार्वजनिक पोस्टरमा सुन्दर रुबी भ्यालीका दृश्यसँगै भुकम्पले तहसनहस पारेको राजधानी पनि चित्रित छ ।

सिनेमाको पटकथा सचिन घिमिरे र निर्देशक वलले तयार पारेका हुन् । सिनेमा दयाहाङ राई, शान्ति वाइबा, बुद्दि तामाङ, पुस्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानसराजको अभिनय छ । अभिनेत्री रेखा थापाले पनि सिनेमामा अतिथि कलाकरको भूमिका निर्वाह गरेकी छन् । पठकथा लेखक सचिन सिनेमाका एसोसिएट निर्देशक पनि हुन् ।

सिनेमामा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत र निमेष श्रेष्ठको सम्पादन छ । फ्रेण्ड्स अफ नेपाल – म्यानमार फ्रेण्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको सिनेमामा विभिन्न ८ देशबाट व्यक्तिको लगानी छ । सिनेमाको कार्यकारी निर्मातामा दुबईकी डोमा सोनाम छिन् ।