‘टुल्की’को प्रदर्शन मिति हेरफेर, जेठ १२ हुनेछ रिलिज

‘टुल्की’को प्रदर्शन मिति हेरफेर, जेठ १२ हुनेछ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बहुपति प्रथामा निर्माण भएको सिनेमा ‘टुल्की’को प्रदर्शन मिति हेरफेर गरिएको छ । आज चैत ३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएकोमा अब २ महिना पछाडि गर्दै आगामी जेठ १२ गतेबाट सिनेमा प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

सिनेमाले अघिल्लो वर्ष नेपाल ग्रामिण सिनेमा महोत्सवमा उत्कृष्ट फिचर सिनेमा र ‘स्क्रिनप्ले’ गरी दुईवटा अवार्ड जितेको थियो । ‘द पाल्म ग्रुप’को ब्यानरमा निर्माण भएको सिनेमालाई हिमाली जिल्ला डोल्पामा छायांकन गरिएको हो । देवजङ्ग थापाद्वारा निर्देशित सिनेमामा सुशील अधिकारी र नमराज घिमिरेको छायांकन छ ।

शेखर लामाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा छन् । सिनेमाको कथा लक्ष्मण सुनारले लेखेका हुन् भने पटकथा लेखन निर्माता शेखर लामा स्वयंको छ । तारा थापा ‘किम्भे’को सम्पादन, संजिव सुब्बाको पाश्र्व संगीत, लिगेश भट्टराई तथा रमेश बुढाथोकीको कोरियोग्राफी रहेको छ ।

सिनेमामा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बु, नरेन्द्र तामाङ, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, सोम लामा, रत्नप्रसाद न्यौपानेलगायतको अभिनय छ । सिनेमालाई अभिनेत्री सुहाना थापाको त्रिनेत्रम डिस्ट्रिब्युसन कम्पनीले वितरण गर्नेछ ।