‘हुक्का : एन एब्सर्ड ड्रिम’को प्रदर्शन मिति पोष्टपोण्ड, जेठ १२ मा रिलिज

‘हुक्का : एन एब्सर्ड ड्रिम’को प्रदर्शन मिति पोष्टपोण्ड, जेठ १२ मा रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग मिलेर निर्माण गरेको सिनेमा ‘हुक्का : एन एब्सर्ड ड्रिम’को प्रदर्शन मिति पोष्टपोण्ड गरिएको छ । अब यो सिनेमा आगामी बर्षको जेठ १२ गते रिलिज हुनेछ । यसअघि सिनेमाको प्रदर्शन मिति आज चैत ३ गते राखिएको थियो ।

निर्माण पक्षले सिनेमाको प्राविधिक काम नसकिएकाले प्रदर्शन मिति परिवर्तन गर्नु परेको जानकारी दिएको हो । सिनेमाको निर्देशन शम्भु थापाले गरेका हुन् । ‘हुक्का’मा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोष कुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकलगायतका कलकारको अभिनय रहेको छ ।

सिनेमामा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोष कुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णु प्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन तथा कृष्णबहादुर थापाको छायांंकन छ ।

सिनेमामा श्याम लामाको श्रृंगार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसी र सुदन थापाको निर्माण नियन्त्रण, गोरे याङ्देनको सहायक छायांकन, भुपेन्द्र ढकालको कला, भुपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेलको मुख्य सहायक निर्देशन, सन्जीव शाहको पाश्र्व ध्वनि, उत्तम न्यौपानेको ध्वनी मिश्रण छ ।

रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको सिनेमामा कमलबहादुर भुजेल र किरण कुमार आत्रेय कार्यकारी निर्माता छन् । सिनेमाको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।