विकास बोर्डद्वारा आयोजित लेखन र निर्देशन कार्यशाला सम्पन्न

विकास बोर्डद्वारा आयोजित लेखन र निर्देशन कार्यशाला सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतीय सिनेमामेकर अनुपम बर्वेको साथमा चलचित्र विकास बोर्डको आयोजनामा तीन दिने सिनेमाको पटकथा लेखन र निर्देशन बिषयक कार्यशाला सम्पन्न भएको छ ।

आइतबार बोर्डको हलमा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै कार्यशाला समापन गरिएको हो । चैत्र ३ देखि ५ सम्म सञ्चालित कार्यशालामा ४८ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । पामे सिनेमा महोत्सवले कार्यशाला व्यवस्थापन गरेको थियो ।

विभिन्न पुरस्कारहरू विजेता भारतीय सिनेमामेकर तथा पूर्व एफटीआईआई ९सिनेमा एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे०का एसोसिएट प्रोफेसर बर्वेले आफुले नेपालमा केहि अनुभवि तथा केहि नयाँ सिनेमामेकरहरूसँग तीन दिन बिताउन पाएकोमा खुशी व्यक्त गरे ।

उनले भने, ‘मैले भिन्न वातावरणमा फरक अनुभुति गरेको छु । मलाई नेपाल बोलाएर यस कार्यशालाको प्रशिक्षक बन्ने मौका दिएकोमा म चलचित्र विकास बोर्डलाई धन्यवाद दिन चाहन्छु । प्रशिक्षार्थीहरुले मसँग बाँड्नुभएका कथा र कथाका शैलिहरु मेरो लागि पनि निकै नयाँ थिए र मैले पनि सिक्ने अवसर पाएँ ।’

प्रशिक्षार्थीको रुपमा सहभागि नेपाली सिनेमाका निर्देशक ज्ञानेन्द्र देउजाले कार्यशालामा भाग लिन निकै उत्साह जागेर तीन दिनसम्म लगातार बसेको बताउनुभयो । ‘हामी सिनेमामेकरहरूले कहिल्यै पनि सिक्ने अवसरलाई छोड्नु हुँदैन । म अन्य सहभागीहरु भन्दा सिनियर भएतापनि मैले सँगै बसेर सिक्न कुनै अप्ठेरो महशुस गरिन । हामीले सिक्ने मौका नै पाउँदैनथियौँ । पुराना भिडियो सिनेमा हेरेर सिक्थ्यौँ ।’

बोर्ड अध्यक्ष भुवन केसीले सफल सिनेमा निर्माणमा संलग्न हुन पटकथा लेखन तथा निर्देशनमा गहिरो ज्ञान हुनु आवश्यक रहेकोले सोहि उद्देश्यसहित कार्यशालाको आयोजना गरिएको बताउनुभयो । ‘स्क्रिप्टिङ, कास्टिङ, निर्देशन, र पोस्ट-प्रडक्शनसम्मको अवधारणाको विकासदेखि लिएर, कार्यशालाले सिनेमा निर्माणका सबै पक्षहरूलाई समेटेको छु ।’

विकास बोर्ड राष्ट्रिय सिनेमा उद्योगलाई सहयोग र प्रवद्र्धन गर्न सदैव प्रतिबद्ध रहेको अध्यक्ष केसीले बताए । सिनेमा उद्योगमा रोजगारी सृजना गर्ने, अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने र नेपालको कला र सांस्कृतिक सम्पदालाई विश्वसामु देखाउने क्षमता रहेको हामीले बुझेका छौं । हामी नेपालको चलचित्र उद्योगको विकास र विस्तारका लागि उपयुक्त वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेका छौं ।