छायांकन सकिएको ३ बर्षसम्म पनि ‘रुबी’ चरित्रमा बाँचिरहेकी जसिता

छायांकन सकिएको ३ बर्षसम्म पनि ‘रुबी’ चरित्रमा बाँचिरहेकी जसिता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री जसिता गुरुङ आगामी बैशाख २१ ग्तेबाट आफुले अभिनय गरेको तेश्रो सिनेमा ‘ज्याकी : आई एम ट्वान्टी वान’ लिएर दर्शकमाझ आउँदैछिन् । सिनेमाको छायांकन सकिएको नै ३ बर्ष भैसकेको छ ।

तर, जसितालाई ‘रुबी’ पात्रले अझै पनि छाडेको छैन । सार्वजनिक कार्यक्रममा समेत जसिता ‘रुबी’ पात्रकै गेटअपमा हिड्ने गरेकी छिन् । सिनेमाकी निर्देशक रेनशा वान्तवा राइले ‘ज्याकी : आई एम ट्वान्टी वान’का लागि जसिताले ३ बर्षको समय दिएको बताइन् । कुनै पनि कलाकारले ३ बर्षसम्म एउटै प्रोजेक्टका लागि समय दिनु सामान्य कुरा होइन ।

जसिताले रुबी पात्रमा आफूलाई जिउनका लागि निकै मिहिनेत गरेको निर्देशक रेनशा बताउँछिन् । जसितालाई रुवी पात्रले यति धेरै किन छोएको होला ? जसिता भन्छिन् –‘म आफैसँग सपना देख्छु । सिनेमामा पनि रुबी यस्तो एक पात्र हो, जसले आफू भित्र नै सपना देख्छे । यसैले, मसँग रुवी नजिक छु । रुवीलाई कहिले पनि छाड्न सक्दिनँ ।’

जसिताले ‘सुपर डान्सर’ को निर्णायक भएर काम गरिन् । सिनेमाको कथामा पनि आफूले गरेको मिहिनेत जस्तै रियालिटी शोमा पनि प्रतिस्पर्धीले गरेको मिहिनेतले आफूलाई भावुक बनाएको अनुभव छ । किनकी, मैले आई ज्याकी : एम ट्वान्टी वानमा त्यही पात्र बाँचेको छु ।’

जसिताले आगामी दिनमा आफूले जति सिनेमामा काम गरेपनि ‘रुबी’ सधै आफ्नो मनमा बस्ने बताइन् । सिनेमाको फर्स्टलुक, टिजर र गीत सार्वजनिक भएको छ । ‘रुबी’ पात्रको भूमिका अझै पनि खुलिसकेको छैन । रुबीको चरित्र खुल्दै जादा दर्शक झनै उत्साहित हुने जसिताको दाबी छ ।