सुरु भयो ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायांकन

सुरु भयो ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को छायांकन सुरु भएको छ । सिनेमाको पशुपति परिसरबाट छायांकन थालिएको निर्माता खगेन्द्र लामिछानेले जानकारी दिए ।

निर्देशक खनालले एक महिना लामो सेड्युलमा सिनेमा छायांकन हुने बताए । आर्यघाटको बागमती तटमा शीर्ष भूमिकामा रहेका विपिन कार्कीको केही दृश्यसँगै छायांकन भैरहेको देख्न सकिन्छ । पहिलो दिन विपिनसहित स्वस्तिमा खड्का र प्रकाश घिमिरेको दृश्य छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।

सिनेमामा भष्मे डनको भूमिकामा विपिन देखिनेछन् भने घिमिरे चाहीँ मितबाको भूमिकामा । छायांकन सेटबाट सार्वजनिक तस्वीरमा विपिनलाई भष्मे डनकै हुलियामा पूजाआजा गरिरहेको दृश्य खिचिएको तस्वीरमा देख्न सकिन्छ । सिनेमा आगामी बर्षको बडा दशैंको फूलपातीबाट प्रदर्शनमा आउने घोषणा गरिएको छ ।

सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए । सिनेमामा ‘पशुपति प्रसाद’मा अभिनेत्री वर्षा सिवाकोटीको पनि प्रवेश भैसकेको छ । तर, निर्देशक दीपेन्द्र के खनालले सिनेमामा वर्षा भुमिका ‘सरप्राइज’ रहेको बताउँछन् ।

सिनेमालाई खगेन्द्र लामिछानेले लेखेका हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने सिनेमा टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ । व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा‘पशुपति प्रसाद’को चरित्र केन्द्रित सिक्वेलको रुपमा ‘भष्मे डन’ निर्माण हुनेछ ।

लेखक लामिछानेले नाम मात्रको सिक्वेल मात्र नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने बताए । ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतार-चढावलाई सिनेमामा समेटिने छ ।