दीपक वलीको ‘कामिनो’मा सौगात मल्ल पनि अनुबन्धित

दीपक वलीको ‘कामिनो’मा सौगात मल्ल पनि अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपक वलीको निर्देशनमा निर्माण हुने सिनेमा ‘कामिनो’मा अभिनेता सौगात मल्ल पनि अनुबन्धित भएका छन् । निर्माण पक्षले सौगातसँग शुक्रबार लिखित सम्झौता गरेको हो । सौगात र प्रदीप एकसाथ सिनेमामा देखिनु दर्शकका लागि ठूलो ‘सरप्राइज हुने निर्माण टिमकको बुझाई रहेको छ ।

अभिनेता प्रदीप खड्कालाई मुख्य भूमिकामा अनुबन्ध गर्दै सुरु भएको कलाकार छनोट प्रक्रिया वर्षा सिवाकोटी, राजबल्लभ कोइराला र नीति शाहदेखि सौगात मल्लसम्म पुगेको छ । आगामी बैशाख १५ गतेबाट फ्लोरमा जाने सिनेमामा कलाकारको लाइनअप बलियो देखिएको छ ।

निर्देशक वलीले सिनेमामा सौगात र प्रदीप दुवैको भूमिका लगभग बराबर रहेको र दुवैले एकसाथ स्क्रिन सेयर गर्ने बताए । सिनेमाको लागि निर्माण टिमले केही दिनअघि वर्कसप समेत गरेको थियो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामाथि निर्माण हुन लागेको सिनेमाका कार्यकारी निर्माता सुनिल विष्ट गौली हुन् ।

‘कामिनो’को पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमाको छायांकन नेपालका अलवा ल्याटिन अमेरिकाका विभिन्न देशमा हुनेछ । सौरभ लामाको छायांकन, एसडि योगी र एलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहने सिनेमामा पूर्ण लामा क्रियटिभ डिरेक्टर र दिनेश प्रकाश महरा प्रोडक्शन डिजाइनर छन् । सिनेमालाई नेपाली, हिन्दी, अंग्रेजी र स्पेनिस गरी चार भाषामा रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।