निर्देशक समाजको अध्यक्षमा जनकदीप, महासचिवमा अरुण सर्वसम्मत निर्वातिच

निर्देशक समाजको अध्यक्षमा जनकदीप, महासचिवमा अरुण सर्वसम्मत निर्वातिच

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल चलचित्र निर्देशक समाजको १५ औं महाधिवेश शनिबार राजधानीमा सम्पन्न भएको छ । सर्वसम्मत रुपमा नयाँ नेतृत्व छान्दै निर्देशक समाजको महाधिवेशन सम्पन्न भएको हो । निर्देशक समाजकको अध्यक्षमा जनकदीप पराजुली सर्वसम्मत रुपमा चुनिएका छन् ।

यस्तै, संघको उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सह-कोषाध्यक्षमा राज बस्न्यात चुनिएका छन् ।

सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाई, उत्सव केसी र अमृतमान महर्जन निर्विरोध चुनिए । सह-सदस्य पदका लागि मात्र निर्वाचन सम्पन्न भयो । सीमा गुरुङ र रामकुमार श्रेष्ठ सह-सदस्य निर्वाचित भए ।

निर्वाचनलगत्तै बसेको कार्यसमितिको पहिलो बैठकले कमल एक्चै मगर र भीषण राईलाई सदस्यमा मनोनित गरेको छ ।

अध्यक्षमा निर्वाचित पराजुलीले आफ्नो कार्यकालमा निर्देशक समाजमा कसैलाई काखा र पाखा नगर्ने बताए । आफुले सिनियरदेदि जुनियरसम्मलाई समेटेर लैजाने बाचा गरे ।