कार्तिक ३ मा प्रकाश, केकी र बर्षा अभिनित ‘परदेशी २’ रिलिज घोषणा

कार्तिक ३ मा प्रकाश, केकी र बर्षा अभिनित ‘परदेशी २’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बरिष्ठ लोक गायक नारायण रायमाझिको निर्देशनमा निर्माण भएको सिनेमा ‘परदेशी २’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमाको यसअघि यस वर्षको दशैं असोज १४ गते प्रदर्शनमा आउने तयारीमा थियो । तर, त्यो मितिमा सिनेमा रिलिजको ठूलो भीडभाड भएपछि सरेर फागुन ५ मा पुग्यो ।

फागुन ५ मा पनि प्रदर्शन हुन नसकेको ‘परदेशी २’ अब आगामी वर्षको कात्तिक ३ गतेबाट प्रदर्शन हुने भएको छ । शनिबार निर्माण टिमले एक भिडियोमार्फत् प्रदर्शन मिति घोषणा गरेको हो । कात्तिक ३ गते फूलपातीबाट ‘परदेशी २’को प्रदर्शन मिति कात्तिक ३ गतेलाई घोषणा गरिएको हो ।

‘परदेशी २’को प्रदर्शन मिति घोषणा गर्न तयार पारिएको भिडियोमा अमेरिका बस्ने सन्तान (प्रकाश सपूत)ले आमासँग यसपालीको दशैं र फागुनमा नेपाल आउँछु भने पनि विभिन्न कारणले आउन नसकेको अवस्थालाई सिनेमाको रिलिज गर्नुको कारणको रुपमा व्याख्या गरिएको छ भने प्रकाशले अबको दशैंमा घर आउँछु भनेर गरेको वाचालाई नयाँ प्रदर्शन मितिको रुपमा प्रष्ट्याइएको छ ।

सिनेमामा प्रकाशका अलवा नीर शाह, रमा थपलिया, केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको पनि अभिनय छ । गायक सपूतले यही सिनेमाबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन । राजेश बंशल र नारायण रायमाझीले मिलेर सिनेमाको निर्माण गरेका हुन् ।

नारायण इन्टरनेशनलको प्रस्तुतिमा निर्माण भएको सिनेमाको कथा रमेश बिजीले लेखेका हुन् । बिबि अनुरागीको संगीत रहेको सिनेमामा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व निर्देशन, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन छ । नेपाल र अमेरिकामा छायांकन गरिएको सिनेमाको वितरण उपत्यकामा डिसीएन र उपत्यकामाबाहिर एफडी कम्पनीले गर्नेछ ।