निशान र सुरविनाको ‘मीराः स्याडो अफ अ रेन्बो’को शुभमुहुर्त

निशान र सुरविनाको ‘मीराः स्याडो अफ अ रेन्बो’को शुभमुहुर्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सोमबार काठमाडौंको मैतिदेवि मन्दिरमा सनेमा ‘मीराः स्याडो अफ अ रेन्बो’को शुभमुहुर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा सिनेमा निर्माण हुनेछ ।

सिनेमामा अनिता पण्डितले लेखन तथा निर्देशन गर्न लागेकी हुन् । सिनेमामा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको मुख्य भुमिका रहनेछ । आश्वि फिल्मसले निर्माण गरेको सिनेमाका लाइन प्रोड्युसर शंकर कार्की हुन् ।

निर्देशक पण्डितले सिनेमाको मुहुर्त पछि प्रमूख कथा बच्चाको अटिजम समस्या र रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्ष रहेको बताइन् । उनले भनिन्, ‘प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा समेत सिनेमामा रहेको छ । बच्चाको अटिजम समस्या र रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा सिनेमाको मुल कथा हो ।’

पेशाले आईटि इन्जिनियर रहेकी उनले आफ्नो सिनेमाप्रतिको इच्छालाई मुर्तरुप दिने क्रममा यो सिनेमा निर्देशन गर्न लागेको बताइन् । ‘मीरा : स्याडो अफ अ रेन्बो’की अभिनेत्री सुरविना कार्कीले आफुलाई प्रस्ताव गरिएको भूमिका भिन्न पाएकोले अभिनय गर्न लागेको बताइन् । उनले भनिन्, ‘सिनेमामा आफ्नो सेक्सुवालिटिलाई एक्सप्लोर गर्न चाहने महिलाको कथा रहेको छ । वर्तमानमा यो कुरा एकदम सामान्य हो तर विभिन्न कारणले एक महिलाले त्यसलाई बाहिर ल्याउन सकिरहेको हुँदैन । कथा त्यसमै आधारित छ ।’

अभिनेता निशान चौहानले सिनेमाको कथाले समाजमा सन्देश दिने बताए । उनले थपे, ‘सिनेमाको कथाले मेरो मन छोयो । मलाई आफुभन्दा निकै फरक पात्रको रुपमा मैले यसमा पाएको छु । समाजमा बाहिर आउनैपर्ने यथार्थ सिनेमाबाट आउनेछ ।’ अर्का अभिनेता कैलाश रावलले एक महिलाले आफ्नो जीवनकालमा भोग्नुपर्ने हरेक किसिमका उतार चढावका कथाहरु मर्मस्पर्श रहेको र त्यसमै आधारित सिनेमा आफ्नो लागि चुनौति र अवसर रहेको बताए ।

सिनेमाको छायांकन यसैसाता शुरु हुनेछ । शिवपुरी, पाटन, रानीबन लगायतका स्थानहरुमा सिनेमाको छायांकन हुनेछ । सिनेमामा एलिस कार्कीको संगीत, अनिल कटुवालको डिओपी, प्रकाश महरा टेक्निकल हेड रहेको सिनेमाका प्रोडक्सन डिजाइनर प्रकाश हमाल हुन् ।