‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सुरु, रंगकर्मी अनुप बराललाई ‘डबली अवार्ड’

‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सुरु, रंगकर्मी अनुप बराललाई ‘डबली अवार्ड’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – जमलस्थित साँस्कृतिक संस्थानमा मंगलबारदेखि ‘बुद्ध थिएटर फेस्टिभल २०२३’ सुरु भएको छ । शेचेन गुम्बाका १० जना लामाहरुले मन्त्र उच्चारण गर्दै थिएटर फेस्टिभलको तेस्रो संस्करण सुरु भएको हो ।

बुद्ध थिएटर फेस्टिभलको औपचारिक उद्घाटन समारोहमा रंगकर्मी अनुप बराललाई ५० हजार रुपैयाँको ‘डबली अवार्ड’ प्रदान गरिएको थियो । अनुप उपस्थित नहुँदा उनकी श्रीमती दिया मास्केलाई पुरस्कार हस्तारण गरियो ।

कार्यक्रममा साँस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राई, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राध्यापक तथा लेखक डाअभि सुवेदी लगायतका रंगकर्मीहरुको उपस्थिति थियो ।

बुद्धको जीवन र दर्शनमा आधारित नाटकहरु मञ्चन गर्ने फेस्टिभलको आयोजना हुनु निकै राम्रो कार्य भएको कुलपति भुपाल राईले बताएँ । साथै बुद्धसम्बन्धि फेस्टिभललाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने धारणा राखे उनले ।

गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्य रहेको फेस्टिभलमा आज नृत्य नाटिका ‘चण्डालीका’ समेत मञ्चन भएको थियो । चैत १७ गतेसम्म चल्ने फेस्टिभलमा ६ नाटक मञ्चन हुनेछन् ।

बुद्धलाई नेपालीले पनि राम्रोसँग बुझेर आफ्नो हो भनेर चिन्न सकोस् भनेर यो फेस्टिभल आयोजना गरिएको महोत्सवका निर्देशक तथा कलाकार पुस्कर गुरुङले बताए । आगामी संस्करणदेखि महोत्सवलाई अन्तराष्ट्रिय स्तरमा लैजाने समेत उनको भनाई थियो ।