शुक्रबारबाट नेपाली हलमा अरुण, शुभेच्छा र सृष्टिको ‘प्रेमा’

शुक्रबारबाट नेपाली हलमा अरुण, शुभेच्छा र सृष्टिको ‘प्रेमा’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट गोविन्द सिंह भण्डारीको निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रेमा’ प्रदर्शनमा आएको छ । सिनेमाले मल्टिप्लेक्स हलमा औषत शोज पाएको छ, भने सिंगल स्क्रिनमा भने राम्रो हल आफ्नो पक्षमा पार्न सफल भएको हो ।

अन्य कुनैपनि नेपाली सिनेमा रिलिज नहुनुको फाइदा ‘प्रेमा’ले उठाएको छ । दर्शकबाट उत्कृष्ट वर्ड अफ माउथ पाएकको खण्डमा सिनेमाको शनिबार र आइतबारदेखि नै शोमा बढोत्तरी हुने निश्चित छ । निर्माण टिम पनि सिनेमाले सोलो रिलिजको फाइदा मज्जाले सदुपयोग गर्नेमा विश्वस्त छ ।

बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको सिनेमामा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को अभिनय छ ।

सामर्थविक्रम थापा कार्यकारी निर्माता प्रेमामा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको मुख्य सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर, कृष्ण भण्डारीको सम्पादन र महेश पौडेलको डीओपी छ ।

काठमाडौं, धनगढी र कर्णालीमा खिचिएको सिनेमालाई विवेक घिमिरे र निर्देशक गोविन्द सिंह भण्डारीले निर्माण गरेका हुन् । चैत १७ गतेबाट प्रदर्शन हुन लागेको सिनेमालाई काठमाडौं उपत्यकामा जीजीए ग्रुप र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।