‘प्रसाद २’को रिलिज रोक्न उच्च अदालत पाटनको आदेश

‘प्रसाद २’को रिलिज रोक्न उच्च अदालत पाटनको आदेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – उच्च अदालत पाटनले सिनेमा ‘प्रसाद २’को रिलिज रोक्दै चलचित्र विकास बोर्डको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

आफ्नो ९० प्रतिशत स्वामित्व रहेको सिनेमा प्रसाद-२ को १० प्रतिशत स्वामित्व रहेकाले विना अनुमती रिलिज गर्न लागेको भन्दै केशव पाण्डेले सिनेमाको तत्काल रिलिज रोक्न हालेको रिटमा उच्चको न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले अन्तरिम आदेशसँगै कारण देखाउ आदेश समेत जारी गरेको हो।

पाण्डेको पक्षबाट अधिवक्ता सरोज अधिकारी, श्यामकुमार विश्वकर्मा र अरुण पौडेलले बहस गरेका थिए । अधिवक्ता अधिकारीका अनुसार अदालतले तत्काल सिनेमा रिलिज नगर्न आदेश दिएको हो । ‘प्रसाद २’ का निर्माता सुवास थापाले सिनेमामा सबै लगानी गरेर ९० प्रतिशत स्वामित्व हुने सम्झौता गरे पनि आफ्नो पैसा पनि फिर्ता नदिएको र स्वामित्व पनि नदिएको पाण्डे पक्षको दाबी छ।

पाण्डेको ६२ लाख ५० हजार सहित सिनेमाका प्राविधिकको ११ लाख, सुटिङ गरेको ल्वाङगाउँका स्थानीयको १७ लाख लगायतको पैसा नदिए पनि बोर्डका अध्यक्ष भुवन केसीले ठगीमा फरार थापाको पक्ष लागेर सिनेमा सेन्सर गर्दै चैत २४ मा पेलेरै रिलिजको तयारी गरेका थिए ।