दक्षिण कोरियामा पनि ‘जारी’ रिलिज हुने, अप्रिल २३ मा पहिलो शो

दक्षिण कोरियामा पनि ‘जारी’ रिलिज हुने, अप्रिल २३ मा पहिलो शो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जारी’ अहिले चर्चाको शिखरमा छ । टिजर रिलिज देखि नै चर्चामा रहेको सिनेमाको टिजर र गीत रिलिजसँगै दर्शकमा उच्च हाइप बनेको हो ।

सिनेमाको ट्रेलर रिलिज पश्चात निर्माण पक्षले सिनेमाको विदेश प्रदर्शन अधिकार बिक्रिमा पनि छलाङ मारेको छ । निर्माण टिमले सिनेमाको विदेश प्रदर्शन अधिकारबाट मात्रै डेढ करोड बढि कमाई सकेको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनित सिनेमा ‘जारी’ रिलिज अगावै नाफा कमाउने सिनेमा बनिसकेको छ ।

अप्रिल १५ बाट अष्ट्रेलियाको सिड्नीबाट विदेश् प्रदर्शनमा आरम्भ हुँदैछ । त्यस लगत्तै सिनेमाको युकेमा कलाकार र निर्देशकसहित उपस्थिमा भव्य प्रिमियर गर्ने तयारी भैरहेको छ । निर्माता रामबाबु गुरुङले ‘जारी’को दक्षिण कोरिया रिलिज पनि पक्का भएको बताए । सिनेमालाई दक्षिण कोरियामा इ-कोरिया इन्टरटेनमेन्टले रिलिज गर्दैछ । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको दक्षिण कोरियामा पहिलो २३ अप्रिलमा आयोजना गरिएको छ ।

जारी प्रथामा आधारित रहेको सिनेमामा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रुपमा रहेका छन् ।