बैशाख १५ मा प्रदर्शनमा आउने भयो विपिन र केकीको ‘प्रसाद २’

बैशाख १५ मा प्रदर्शनमा आउने भयो विपिन र केकीको ‘प्रसाद २’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत हप्ता केशव पाण्डेले निर्माता सुवास थापाविरुद्ध आर्थिक लेनदेनको विवादमा अदालतमा रिट दायर गरेपछि चैत्र २४ गतेबाट प्रदर्शनमा आउन नसकेको सिनेमा ‘प्रसाद २’ को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार निर्देशक सुदर्शन थापाले नयाँ पोस्टर सार्वजनिक गर्दै सिनेमा आगामी बैशाख १५ गतेबाट प्रदर्शनमा आउने जानकारी दिए ।

सोमबारको सुनुवाइमा अदालतले अघिल्लो आदेशलाई खारेज गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । जसले गर्दा सिनेमाको प्रदर्शन फुकुवा भएको हो । उच्च अदालत पाटनले सिनेमा प्रदर्शनको लागि बाटो खुला गरेपछि निर्माण पक्षले नयाँ मिति तय गरेको हो ।

सिनेमामा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडीलगायतको अभिनय छ । सुभाष थापाको प्रस्तुति रहेको सिनेमाका निर्माता सुदर्शन बस्नेत हुन् । सुशील पौडेलले सिनेमाको कथा लेखेका हुन् । हिट सिनेमाको सिक्वेल भएकाले ‘प्रसाद २’प्रति दर्शकको अपेक्षा उच्च छ ।

उच्च अदालतले नै सिनेमा रिलिजको बाटो खोली दिएपछि निर्देशक सुदर्शन थापाले अब प्रसाद २ देश तथा विदेशमा एकसाथ प्रदर्शन आउने जानकारी दिएका छन् । सिनेमा उत्कृष्ट बनेकाले दर्शकलाई मनपर्नेमा निर्देशक थापा विश्वस्त छन् ।