‘बुलाकी’ र ‘बिहे पास’को अग्रीम टिकट बुकिङ खुल्ला

‘बुलाकी’ र ‘बिहे पास’को अग्रीम टिकट बुकिङ खुल्ला

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बुलाकी’ र ‘बिहे पास’को पनि अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । शुक्रबार रिलिज हुने सिनेमामध्ये सवैभन्दाबढि शोज ‘जारी’ले पाउँदा ‘बिहे पास’ले पनि राम्रो शो पाएको छ । तर, ‘बुलाकी’ले भने निकै कम शो पाएको हो ।

रोहित कट्टेलको प्रस्तुतीमा निर्माण भएको सिनेमा ‘बिहे पास’ले सवैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्समा ३५ शो, बिग मुभिजमा ३ शो, वान सिनेमाज्मा ७ शो, एफक्युवमा ४ शो, बिएसआरमा ३ शो, आईएनआईमा ६ शो, रञ्जना सिनेप्लेक्समा ४ शो, सिने डि सेफमा ४ शो र अन्य सिनेमा हलहरुले पनि राम्रो शो दिएका छन् ।

यता शुक्रबार नै रिलिज हुने सिनेमा ‘बुलाकी’ले भने अन्य दुई सिनेमाको तुलनामा निकै कम शोज पाएको छ । सिनेमाले देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले जम्मा १२ शोज मात्रै दिएको छ । यस्तै बिग मुभिज, वान सिनेमाज्, सिने डि सेफ, रञ्जना सिनेप्लेक्स, आईएनआईले २ शो, एफक्युब र बिएसआरले १ शो दिएका छन् ।

‘बुलाकी’ले निकै कम शो पाएपछि निर्देशक लक्ष्मण सुनार र निर्माता तथा अभिनेता बिराज बिष्टले समाजिक सञ्जाल फेसबुकमा स्टार, ब्राण्ड र अस्वस्थ राजनितिको चपेटामा बुलाकी परेको उल्लेख गरेका छन् ।