निश्चलले घोषणा गरे ‘दिमाग खराब’, कार्तिक २४ गते रिलिज

निश्चलले घोषणा गरे ‘दिमाग खराब’, कार्तिक २४ गते रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निश्चल बस्नेतले निर्देशनमा निर्माण हुने सिनेमा ‘दिमाग खराब’को नयँ बर्ष २०८० सालको पूर्वसन्ध्यामा निर्माण घोषणा गरिएको छ । सिनेमा आगामी तिहारमा प्रदर्शन हुने जानकारी निर्देशक बस्नेतले दिएका छन् ।

निश्चलले बिहीबार निर्देशक मनोज पण्डितसँगको एक तस्बिर फेसबुकमा सेअर गर्दै सिनेमा कात्तिक २४ गते प्रदर्शन हुने घोषणा गरेका हुन् । कात्तिक २५ गतेदेखि ३० गतेसम्म तिहारको विदा भएकाले निश्चलले सिनेमा प्रदर्शनका लागि यो मिति रोजेका हुन् ।

जनता र शक्तिको कथामा बन्न लागेको सिनेमालाई रौनक विक्रम कँडेलले निर्माण गर्नेछन् । सिनेमाको मुख्य कलाकार कोको रहने भन्ने खुलाइएको छैन् । निश्चलले आफ्नो दोस्रो सिनेमा ‘टलकजंग भर्सेस टुल्के’पछि नै ‘दिमाग खराब’ निर्माण गर्ने तयारीमा थिए ।

आकाश बरालको पटकथा रहेका ‘दिमाग खराब’को स्क्रिप्टबाट उनी सन्तुष्ट छन् । सिनेमाको स्क्रिप्ट डाक्टरको रुपमा निर्देशक मनोज पण्डितले सघाएका छन् । निश्चलले ‘लुट २’पछि निर्देशन गरेका छैनन् । लकडाउनअघि उनी ‘जिन्दावाद’ नामक सिनेमा निर्देशनको तयारीमा थिए । सिनेमाको कथा बुद्धिसागरले लेखेका थिए ।