‘बुलाकी’को हेटौंडामा च्यारीटी शो, दर्शकले रुचाए कर्णालीको कथा

‘बुलाकी’को हेटौंडामा च्यारीटी शो, दर्शकले रुचाए कर्णालीको कथा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘बुलाकी’को बिहीबार हेटौंडामा च्यारिटी शोको आयोजना गरिएको छ । मृगौला सम्बन्धि रोगबाट पीडित रामकृष्ण चेपाङ बचाउ अभियानका लागी रकम संकलन गर्न सिनेमाको च्यारेटी गरीएको हो ।

चेपाङको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले मृगौला ट्रान्सप्लान्ट गर्न नसकिरहेको अवस्थामा उनको सहयोगार्थका लागी ‘बुलाकी’ च्यारेटी गरीएको रामकृष्ण चेपाङ बचाउ अभियानका संयोजक शंकर न्यौपानेले बताए । सिनेमालाई हेटौडाका दर्शकले मन पराएका छन । उनिहरुले कर्णाली भेगको भेषभुसा र संस्कृतीलाई सिनेमा मार्फत हेर्न र बुझन पाएकोमा खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

च्यारेटीका लागी सिनेमाको सहजीकरण र सहयोगी भूमिका कलाकार सुशान्त श्रेष्ठले गरेका थिए । श्रेष्ठले सिनेमा निर्माण पक्षले बिना पैसा सहयोग गरेकोमा धन्यबाद दिएका छन । ओम्याक्स सिनेमा हलमा प्रर्दशन भएको सिनेमाको च्यारेटीबाट हेटौंडामा आठ लाख रुपैयाँ संकलन हुने संयोजक न्यौपानेले बताएका छन् ।

शुक्रबार प्रदर्शनमा आएको सिनेमा ‘बुलाकी’ले देशभरका मल्टिप्लेक्समा कम शोका बाबजुद पनि दर्शकको राम्रो साथ पाएको छ । सिनेमाका निर्माता तथा निर्देशकले आफ्नो सिनेमाले निकै कम शोज पाएको भन्दै प्रदर्शक र वितरकप्रति गुनासो पोखेका छन् ।

निर्माता तथा कलाकार बिष्टले कम शो पाएर आफूहरु पीडित भएपनि दर्शकको साथ पाएको बताएका छन् । नेपालगञ्जमा बुलाकीले क्यूएफएक्समा एक शो मात्र पाएको थियो, जुन शोमा दर्शकको शत प्रतिशत अकुपेन्सी रह्यो । सिनेमा हेर्न नेपालगञ्जको हलमा पुगेका सयभन्दा बढी दर्शक फर्किएको कलाकार तथा निर्माता विराज बिष्टले बताए ।