राष्ट्रपतिबाट महानायक हमाल, दीपकराज, दयाहाङसहित ४५ कलाकारले पाए विभूषण

राष्ट्रपतिबाट महानायक हमाल, दीपकराज, दयाहाङसहित ४५ कलाकारले पाए विभूषण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – महानायक राजेश हमाल, दीपकराज गिरी र दयाहाङ राईसहित ४५ जना कलाकारले राष्ट्रपतिबाट विभूषण प्राप्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ४५ जना कलाकारलाई नयाँ वर्षको अवसरमा मानपदवी, अलंकार तथा पदक प्रदान गरेका हुन् ।

शाहसहित श्रेष्ठ, आचार्य, हमाल र देउडा गायक नन्दकृष्ण जोशीले सुकीर्तिमय राष्ट्रदीप विभूषण ग्रहण गरे । दीपकराज गिरी, दयाहाङ राई, विराज भट्ट, शम्भू राई, प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, आलोकश्री, दीपक जंगम, आनन्द कार्की, अर्जुन श्रेष्ठ, ज्ञानु राणा, निरुता सिंह, चेतन सापकोटा र सत्यकला राईले सुप्रवल जनसेवाश्री प्राप्त गरे ।

सीताराम पोखरेल, मिलन मोक्तान, निर्मल शर्मा, धर्मराज उपाध्याय र जीतबहादुर देउजाले प्रवल जनसेवाश्री पदक प्राप्त गरेका छन् । सुनिता दुलाल, प्रदीप खड्का, कमल सुनार, सन्तोष श्रेष्ठ, दीपक शर्मा, माधवराज खरेल, शिवराम विक, कुलमान नेपाली, रमेश कोइराला, सनम कठायत, कुमार बस्नेत विक्रान्त, मनोहर सुनाम परियार, डिल्लीनारायण पाण्डे, यशकुमार, सानुकान्छा शाहीले जनसेवाश्री प्राप्त गरेका छन् ।

प्रभाकर शर्मा, नवीन पौडेल, इन्द्रबहादुर खत्री, कृष्णबहादुर विक, र किरण गजमेरले नेपाल सेवा प्रवीण प्राप्त गरेका छन् ।