अनमोल र आनाको ‘जेरी अन टप’ बैशाख २५ गतेबाट फ्लोरमा

अनमोल र आनाको ‘जेरी अन टप’ बैशाख २५ गतेबाट फ्लोरमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी र अभिनेत्री आना शर्माको मुख्य भुमिका रहने सिनेमा ‘जेरी अन टप’को छायांकन बैशाख २५ गतेबाट सुरु हुने भएको छ । निर्माता सरोज न्यौपानेका अनुसार ‘जेरी अन टप’को पहिलो सेड्युलको छायांकन अष्ट्रेलियाबाट सुरु हुँदैछ ।

सिनेमाको निर्माण टिम बैशाख दोस्रो साता अष्ट्रेलिया प्रस्थान गर्दैछ । हेमराज बिसीको निर्देशनमा निर्माण हुने सिनेमा अर्की अभिनेत्री पुर्णीका सिजापतिको पनि मुख्य भुमिका रहने छ । सिनेमाको निर्माण टिमले केही समयअघि पोखरामा वर्कसप पनि गरेको थियो ।

‘जेरी’ शिर्षकको साथ जोडिएको ‘अन टप’ शब्दले संसारको उचाई संकेत गर्छ । जेरीको कथा सगरमाथा क्षेत्रको ट्रेकिङसंग जोडिन्छ । यो जर्नी लभस्टोरी हो । ८ बर्ष अघि निर्माण भएको सुपरहिट सिनेमा ‘जेरी’को सिक्वेलको रुपमा यो सिनेमा निर्माण हुँदैछ ।

अनन्या फिल्मस् र नेपकम्स ग्लोबलको ब्यानरमा निर्माण हुने ‘जेरी अन टप’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन । सिनेमाको कथा, पटककथा तथा संवाद निर्देशक बिसी र विश्वास तिमसिनाले लेखेका हुन् ।

सिनेमामा अभिनय गर्ने अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा अडिसन समेत गरेको थियो । सिनेमाको छायांकन अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्रलगायतका रमणीय स्थानमा गरिनेछ ।