रोड थ्रिलर सिनेमा ‘बाटो’को फर्ष्टलुक पोस्टर सार्वजनिक

रोड थ्रिलर सिनेमा ‘बाटो’को फर्ष्टलुक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रोड थ्रिलर सिनेमा ‘बाटो’को फर्ष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले नयाँ बर्षको अवसर पारेर सिनेमाको एक पोस्टर सार्वजनिक गरेको हो । फर्ष्टलुकको मोसन फोस्टर समेत तयार गरिएको छ ।

सिनेमाकी एक महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोष्टरले सिनेमा प्रति दर्शकको उत्सुकता जगाउन सफल छ । सिनेमाका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ सिनेमा उद्योगमा चर्चित ब्यक्तित्व हुन् ।

सिनेमाका निर्माता चन्दन झा हुन् । कमर्सियल साउथ स्टाइलिस सिनेमाको झल्को दिने सिनेमा काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको हो । निर्माता झाँ काठमाडौं फिल्मका फाउन्डर समेत हुन् । सिनेमामा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका रहेको छ ।

काठमाडौंका विभिन्न स्थान अलवा उदयपुरको गाइघाटमा छायांकन भएको सिनेमाको पोष्टप्रोडक्सन मुम्बईमा भइरहेको छ । निर्माण टिमले सिनेमा यही बर्ष रिलिज गर्ने योजना बनाएको छ । नेपाली सहित हिन्दी, तेलूगु, मलयालम र अंग्रेजी गरेर पाँच भाषामा सिनेमा तयार हुने निर्माता चन्दन झाले बताए ।

सिनेमाको ट्रेलर छिट्टै ल्याउने तयारी निर्माण युनिटको छ । सिनेमा डब्बी एटमस साउन्डमा तयार हुनेछ । नेपालमा पहिलो पटक डब्बी एटमस साउन्ड सिष्टममा सिनेमा तयार हुन लागेको हो ।