मंसिर ८ मा सत्यराज चौलागाई निर्देशित ‘बिच्छेद’ रिलिज घोषणा

मंसिर ८ मा सत्यराज चौलागाई निर्देशित ‘बिच्छेद’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सत्यराज चौलागाई निर्देशित सिनेमा ‘बिच्छेद’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी मंसिर ८ गते प्रदर्शन मिति घोषणा गर्दै शनिबार सार्वजनिक गरिएको पोस्टरमा सिनेमाका मुख्य कलाकार मुकुन भुषाल र लक्ष्मी बर्देवा फिचर्ड छन् । तर, उनीहरुको अनुहार देखाइएको छैन । कहीँ डाँडामा बसेर सेता हिमाल हेर्दै कुराकानी गरिरहेको अवस्थामा उनीहरु चित्रित छन् ।

विश्वव्यापी कोरोना महामारीको चपेटामा परी छायांकन बीचमै रोकिएपछि तीन वर्षपछि सिनेमाको बाँकी छायांकन गरिएको थियो । नेपालसँगै अन्य विभिन्न मुलुकहरुमा समेत सिनेमा एकसाथ प्रदर्शन गर्ने तयारी भैरहेको निर्देशक चौलागाईले बताए । सिनेमाको निर्माता राज पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य हुन् । सिनेमा गाउँले परिवेशमा आधारित रहेको बताइएको छ ।

सिनेमामा मुकुन र लक्ष्मीका अलावा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । ‘बिच्छेद’मा संकल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, एसडि योगी, सुरज थापा र आशिश महरको संगीत, सत्यराज चौलागाई र राम अबिरलको शब्द रचना र सुरेन बसेल कोरियोग्राफी छ ।