सलोन र केकी अभिनित ‘जय हो’को ३० दिनमा इन्डक्ल्याप

सलोन र केकी अभिनित ‘जय हो’को ३० दिनमा इन्डक्ल्याप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सलोन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘जय हो’को इन्डक्ल्याप गरिएको छ । शनिबार मुक्तिनाथ मन्दिरमा सिनेमाको अन्तिम दृश्य खिच्दै ३० दिनमा सम्पुर्ण छायांकन सकिएको हो । सिनेमाको कास्की र मुस्ताङका रमणीय स्थानमा खिचिएको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमाको निर्देशन टेक पौरखी राईले गरेका हुन् । सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

सिनेमामा सम्राट बस्नेतको द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स, केबलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजरमा रहेका छन् ।

सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहको सिनेमा आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।