‘निरमाया’को पहिलो अन्तर्राष्ट्रिय प्रर्दशन जापानबाट सुरु

‘निरमाया’को पहिलो अन्तर्राष्ट्रिय प्रर्दशन जापानबाट सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मदानी मुभि एन्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सामाजिक सिनेमा ‘निरमाया’को पहिलो अन्तर्राष्ट्रिय प्रर्दशन जापानबाट सुरु हुने भएको छ । एनोदर चान्स नेपालको प्रस्तुति तथा एनआरएनए जापान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको आयोजनामा सिनेमा प्रदर्शन हुनेछ ।

‘निरमाया’ले कथामार्फत जातीय छुवाछुतविरुद्धको सन्देश दिन्छ । समाजको यथार्थ चित्रण समेटियको सिनेमा रमेश बुढाथोकीको मुख्य भूमिका रहेको छ । सिनेमा जापानका बिभिन्न सहरमा प्रदर्शन हुनेछ । अप्रिल २९ तारिख आईतबार टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा निरमाया प्रदर्शन हुँदैछ ।

एनोदर चान्स नेपालले जापान राईट लियर प्रदर्शन गर्न लागेको ‘निरमाया’मा आयोजकको रुपमा एनआरएन जापान र अन्तर्राष्ट्रीय साहित्य समाज जापान रहेका छन् । मदानी मुभिज र पदम विश्वकर्मा साहित्य प्रतिष्ठानले सहकार्य रहेको सिनेमाले नेपाली समाजमा जरो गाडेर बसेको जातीय विभेदको विषयलाई उठाएको छ ।

चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको सिनेमालाई सोसल ड्रामा जनरामा राखिएको छ । सिनेमामा लय संग्रौला, जेएन घिमिरे, जेबी डीसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतको अभिनय छ ।

अनन्त तिमल्सिनाको प्रस्तुति रहेको सिनेमालाई रमेश कोइरालाले निर्देशन गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।