anmol jasita

कालिञ्चोकमा गौरव र नम्रता अभिनित ‘नम्बरी सुन’को रोमान्टिक गीत छायांकन

कालिञ्चोकमा गौरव र नम्रता अभिनित ‘नम्बरी सुन’को रोमान्टिक गीत छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भाद्र १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘नम्बरी सुन’को रोमान्टिक गीतको छायांकन कालिञ्चोकमा गरिएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटा रोमान्टिक अवतारमा देखिएका छन् ।

अर्जुन पोखरेलको संगीत रहेको तिमी वर म पिपल बोलको गीतमा प्रताप दास र अनु चौधरीको स्वर रहेको छ । दोलखाको कालिञ्चोकमा तीन दिनदेखि छायांकन भैरहेको गीतकोे भिडियोलाई उत्कृष्ट बनाउन निकै मिहिनेत गरिएको निर्देशक राजु गिरीले बताए । सिनेमाको लमजुङस्थित भुजुङ्ग गाउँमा ३१ दिनसम्म छायांकन केहि समयअघि गरिएको थियो ।

नारायण खाती कथाकार तथा प्रस्तुतककर्ता रहेको सिनेमा ७० वर्षअघिको सेटअपमा निर्माण भएको छ । सिनेमामा गौरव र नम्रताका अलवा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, मन महर्जनलगायतको अभिनय रहेको छ । सिनेमाका दुई मुख्य गौरव र नम्रता सिनेमा राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वस्त छन् ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमालाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गरेका हुन् । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन रहेको सिनेमामा गौतम राज खड्काको सम्पादन छ ।