दोस्रो हप्तामा ‘जारी’, हलमा दर्शकको उच्च चाप

दोस्रो हप्तामा ‘जारी’, हलमा दर्शकको उच्च चाप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – उपेन्द्र सुब्बा निर्देशित सिनेमा ‘जारी’ दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो हप्ता बक्सअफिसमा बम्पर व्यापार गरेको सिनेमाले दोस्रो हप्तामा पनि बलिउड सिनेमा ‘किसीका भाई किसीकी जान’ रिलिज बाबजुद पनि उच्च शोजका साथ प्रदर्शन भैरहेको छ ।

‘जारी’लाई दोस्रो साता पनि उच्च शोज दिनुले सिनेमाले सिनेमाले दर्शक हलसम्म ल्याएको अवस्था विदेशी सिनेमाले नभई नेपाली सिनेमा नै पहिलो प्राथामिकता पर्ने स्पष्ट भएको छ । दोस्रो शुक्रबार पनि हलमा ‘जारी’ हेर्ने दर्शकको चाप उच्च छ । सिनेमाले पहिलो हप्तामा करिब ८ करोड आसपासमा व्यापार गरेको जानकारी वितरकले दिएका छन् ।

जारी प्रथामा आधारित रहेको सिनेमामा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रुपमा रहेका छन् ।