असार ८ गते रिलिज हुने ‘अन्तिम संस्कार’को पोस्टर सार्वजनिक

असार ८ गते रिलिज हुने ‘अन्तिम संस्कार’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार ८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमा ‘अन्तिम संस्कार’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य कलाकारलाई समेटिएको छ ।

वरिष्ठ क्याप्टेन तथा अभिनेता विजय लामा अभिनित ‘अन्तिम संस्कार’ पछिल्लो समय प्रदर्शनमा आइरहेका भन्दा बिल्कुलै फरक रहेको दाबी निर्माण टिमको छ । निर्माता, निर्देशक एवं कलाकारहरुले समेत निकै चुनौती मोलेर सिनेमामा काम गरेको र एउटा उत्कृष्ट सिनेमा बनेको अभिनेता लामा बताउँछन् ।

‘अन्तिम संस्कार’लाई लण्डनमा निवासी निर्देशक प्रदीप शाहीले निर्देशन गरेका हुन् । शाहीले लन्डनमा सिनेमा मेकिङ्ग गरी सकेका छन् । निर्देशकको केही समयको रिसर्च, कलाकारहरुको वर्कसप पश्चात मात्रै सिनेमा छायाँकनमा गएको थियो । उनको निर्देशनमा निर्माण भएको पहिलो सिनेमा ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ अमाजोन प्राइममा मे २ बाट रिलिज हुँदैछ ।

साई प्रोडक्सन नेपालको ब्यानर र ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको सिनेमामा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको सिनेमा सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको छ । ‘मर्डर मिस्ट्रि’को कथालाई सिनेमामा समावेश गरिएको छ ।

सिनेमामा विजयका अलावा दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतको मुख्य भुमिका रहेको छ । साथमा श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङ लगायतको पनि सिनेमामा अभिनय छ ।

सिनेमा विभिन्न अन्तराष्ट्रिय अवार्डमा समेत जाने विश्वास निर्माण टिमको रहेको छ । बाबु श्रेष्ठको छायाँकन रहेको सिनेमाको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।