मुकुन्द भट्टले घोषणा गरे मल्टिस्टारर ‘चोर पुलिस : टम एण्ड जेरी’

मुकुन्द भट्टले घोषणा गरे मल्टिस्टारर ‘चोर पुलिस : टम एण्ड जेरी’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – म्याक मिडिया एण्ड सर्भिसेज प्रा.लि.को व्यानरमाले सिनेमा ‘चोर पुलिस : टम एण्ड जेरी’ निर्माण घोषणा ग।रेको छ । कमेडी जनाराको सिनेमालाई मुकुन्द भट्टले निर्देशन गर्नेछन् । सुदीप चन्द्र बख्रेलले निर्माण गर्ने बताइएको छ ।

मुकुन्द भट्टसँगै नरेश नाथ योगी र सुमन सुनारले सिनेमाको कथा लेखेका छन् । पुरुषोत्तम प्रधानको छायांकन, दीपक आरजे र राजु भट्टको संगीत रहने सिनेमामा कार्यकारी निर्मातामा समीर खरेल र सुमन ढकाल छन् ।

सौगात मल्ल, अर्पण थापा, शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुप बिक्रम शाही, कामेस्वर चौरसिया, सुपर गुरुङ, प्रमिला उप्रेती, इन्द्रप्रसाद खरेल छनोट भइसकेका छन् । मुख्य अभिनेत्री छनोट गर्न बाँकी रहेको निर्देशक भट्टले जानकारी दिएका छन् ।

सिनेमाको छायांकन नेपालसँगै अमेरिका, क्यानडा र अस्ट्रेलियामा रिलिज हुनेछ ।