आर्यन र मुकुनको ‘दौँतरी’मा गरिमा शर्मा अनुबन्धित

आर्यन र मुकुनको ‘दौँतरी’मा गरिमा शर्मा अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मोडल तथा अभिनेत्री गरिमा शर्मा अभिनेता आर्यन सिग्देल र मुकुन भुषालको मुख्य भुमिका रहने सिनेमा ‘दौँतरी’मा अनुबन्धित भएकी छन् । उनको डेव्यू सिनेमा ‘लण्डन टू पेरिस’ प्रदर्शनको पखाईमा छ भने दोस्रो सिनेमा ‘ह्रस्व दीर्घ’ दोस्रो चरणको छायांकनको तयारीमा छ ।

यसैबीच, गरिमाले तेस्रो सिनेमाको रुपमा ‘दौँतरी’ साइन गरेकी हुन् । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको सिनेमामा निर्माण टिमले शुक्रबार उनीसँग लिखित सम्झौता गरेको हो । सिनेमामा अभिनेत्रीको रुपमा साक्षी लम्साल यसअघि नै अनुबन्धित भैसकेकी थिइन् । सिनेमामा गरिमाको जोडी आर्यन र मुकुनमध्ये कोसँग बाँधिन्छ, त्यसबारेमा भने निर्माण टिमले कुनै जानकारी दिएको छैन ।

बैशाख अन्तिमबाट सिनेमाको छायांकन सुरु गर्ने तयारीमा निर्देशक भट्टराई छन् । निर्देशक समेत रहेका लक्ष्मण सुवेदीले सिनेमाको पटकथा तथा संवाद लेखेका हुन् । जय माँ दुर्गे फिल्म्सको ब्यानरमा बन्ने फिल्मको निर्मातामा छिरिङ तेन्डुप शेर्पा, विजय चन्द र भुवनकुमार काफ्ले छन् ।