छायांकन नसकिँदै ‘नाङ्गो गाउँ’को अष्ट्रेलिया राइट्स विक्री

छायांकन नसकिँदै ‘नाङ्गो गाउँ’को अष्ट्रेलिया राइट्स विक्री

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भुमिका रहेको सिनेमा ‘नाङ्गो गाउँ’को छायांकन नसकिँदै अष्ट्रेलिया राइट्स विक्री भएको छ । अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले सिनेमाको प्रदर्शन अधिकार खरिद गरेको हो ।

सिनेमाको राइट्स महंगोमा विक्री भएको निर्माण टिमले दाबी गरे पनि मूल्य भने खुलाएको छैन । सिनेमाको २० प्रतिशत छायांकन हुन बाँकी नै छ । हिमाल शर्माको प्रस्तुतिमा जय श्रेष्ठ निर्माता रहेको सिनेमामा साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, शिशिर वाङ्देललगायतको पनि अभिनय छ ।

सिनेमा आगामी भदौ २९ गतेबाट प्रदर्शनमा आउँदैछ । सिनेमालाई अष्ट्रेलियामा नेपालकै मितिमा प्रदर्शन गरिने बताइएको छ । फिल्मको दोस्रो चरणको छायांकन केही दिनमा सुरु गर्ने तयारीमा निर्माण टिम छ । मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको छायांकन आलोक शुक्ला गरेका हुन् ।

केही दिन अगाडि प्रदर्शन मिति घोषणा गर्न सार्वजनिक गरिएको पोस्टरले सिनेमा राजनीतिक विषयमाथि केन्द्रित रहेको बुझाउँछ । सामाजिक कथावस्तुलाई सिनेमामा बलियो तरिकाले प्रस्तुत गरिएको निर्देशक लामा बताउँछन् ।