निश्चलको ‘दिमाग खराब’मा दयाहाङदेखि स्वस्तिमासम्मको बलियो लाइनअप

निश्चलको ‘दिमाग खराब’मा दयाहाङदेखि स्वस्तिमासम्मको बलियो लाइनअप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निश्चल बस्नेतले निर्देशनमा निर्माण हुने सिनेमा ‘दिमाग खराब’मा अभिनय मुख्य कलाकारको लाइनअप पूरा भएको छ । सोमबार सार्वजनिक सिनेमाको पोस्टरमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा र विजय बरालको नाम निर्देशक बस्नेतले उल्लेख गरेका छन् ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुन लागेको सिनेमाले जनता र शक्तिको कथा भन्नेछ । निर्देशक निश्चल ७ वर्षपछि निर्देशनमा फर्किन लागेका कारण ‘दिमाग खराब’बाट दर्शकले नै ठूलो अपेक्षा राखेको छन् । उनले आफ्नो डेब्यू सिनेमा ‘लुट’बाट नेपाली सिनेमा निर्माणको ट्रेण्ड नै परिवर्तन गरेका थिए ।

सुसन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत र निमेष श्रेष्ठको सम्पादन रहने सिनेमाको पटकथा आकाश बरालले लेखेका हुन् । सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा रौनक विक्रम कँडेल छन् । जेठ १ गतेबाट छायांकनमा तयारी भैरहेको सिनेमाको प्रदर्शन मिति आगामी कात्तिक २४ गतेलाई घोषणा गरिएको छ ।

निश्चलले ७ वर्षमा लकडाउनपछि सिनेमा ‘जिन्दाबाद’ बनाउने तयारीमा थिए । जसको उनी लोकेशन गर्न कर्णाली प्रदेशको जुम्ला समेत पुगेका थिए । तर, नेपालमा स्तरिय भिएफएक्सको समस्या र ठूलो बजेटको आवश्यकता पर्ने भएपछि उनले यो सिनेमाको छायांकन सुरु गर्न सकेनन् ।